बुद्धशान्ति प्रेस क्लबको चौथो वार्षिक साधारण सभामा सम्मान

बुद्धशान्ति, चैत ९ । बुद्धशान्तिका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाले आफ्नो चौथो वार्षिक साधारण सभा एवम् स्थापना दिवस भव्य रुपमा मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यतामा साधारण सभा एवम् स्थापना दिवस मनाइएको हो ।

सभाको उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि गिरीले प्रविधिको विकाससंगै पत्रकारीता क्षेत्रमा दिनानुदिन चुनौतीहरु थपिदै गएकाले सञ्चारकर्मीहरुले ती चुनौतीलाई सामना गर्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय सञ्चारमाध्यमलाई टिकाउन स्थानीय निकायको प्रमुख दायित्व रहेकोले स्थानीय निकायले स्थानीय सञ्चारकर्मी र मिडियाका लागि आवश्यक वजेट विनियोजन गर्न आग्रह समेत गरेका थिए । उनले आउँदो दिनमा महासंघले स्थानीय प्रेस क्लबहरुसंग सहकार्य गरेर आवश्यकता अनुसारको तालिम समेत आयोजना गर्ने बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

सभामा संस्थाका संस्थापक अध्यक्ष एवम् बुद्धशान्ति १ का वडा अध्यक्ष अनिल वाग्लेले आफूपनि पहिले सञ्चारकर्मी भएकाले सञ्चारकर्मीको समस्याबारे राम्ररी बुझेकाले आगामी दिनमा वडाबाट पनि पत्रकारका लागि व्यक्तिगत विकास साथै तालिम र संस्थागत विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता दिएका थिए । उनले प्रेस क्लबको अक्षयकोष स्थापनार्थ वडा कार्यालयबाट ११ हजार एकसय एघार रुपैँया कोष खडा गर्न सहयोग गर्ने उद्घोष गरेका छन् ।

विशिष्ट अतिथि रहेका वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायले संस्था स्थापना दिवसको शुभकामना दिदै उनले हालसम्म पनि स्थानीय सञ्चारकर्मीसंग सहकार्य गरेरै वडाले कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि आवश्यक वजेट विनियोजन गरेरै सहकार्य गर्ने बताए । उनले पत्रकारहले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै देखिने गरी निष्पक्ष रुपमा कलम चलाउन आग्रह गरे ।

स्थापना दिवसकै अवसर पारेर बिगत तीन दशक देखि पत्रपत्रिका वितरण संगै विभिन्न पत्रपत्रिकामा सम्वाददाताका रुपमा काम गर्दै आएका बुधबारे निवासी हरि घिमिरेलाई सम्मान समेत गरिएको थियो । उनलाई प्रमुख अतिथि गिरी, सभापति तिम्सिना लगायतका अतिथिहरुले सम्मान पत्र साथै अविर, खदाले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष तिम्सिनाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक बर्ष भित्रमा बुद्धशान्तिका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने, अक्षयकोष खडा गर्ने, कार्यसम्पादनका आधारमा मुल्यांकन गरी बार्षिक रुपमा पत्रकारीता पुरस्कार प्रदान गर्ने साथै पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने किसिमका विभिन्न तालिम, उद्घोषण, व्यक्तित्व बिकास तालिम जस्ता कार्यक्रम गर्ने बताए । त्यस्तै संस्थाकी कोषाध्यक्ष भारती राईले संस्थाको आर्थिक बर्ष २०८०÷०८१ को सांगठनीक आयव्य प्रस्तुत गरेकी थिइन् ।

सभामा वडा नं २ की कार्यवाहक वडाअध्यक्ष सञ्जु पौडेल, वडा नं ५ का वडाअध्यक्ष डेगेन्द्र कार्की, कार्यपालिका सदस्य नर्वदा चापागाईं बास्कोटा, खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखिया, मेचीनगर प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेल, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाल, बुद्धशान्ति उद्योग बाणिज्य संघ अध्यक्ष दिपक सापकोटा, नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा अध्यक्ष पुष्पराज भट्टराई, अग्रज पत्रकार चन्द्रकान्त ढकाल, एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णु श्रेष्ठ, बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार संयोजक उमाकान्त खनाल, सदस्य टंक काफ्ले बिकल्प, संस्थापक सचिव दिपेन लावती, निवर्तमान अध्यक्ष आयुस निरौला लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका सचिव रोसन भट्टराईले सञ्चालन गरेको सभामा उपाध्यक्ष नारायण अर्यालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो । २०७६ सालमा स्थापना भएको क्लबमा स्थापना हुँदा १६ जना सदस्य रहेका थिएभने हाल २३ जना सदस्य रहेका छन् । जसमध्ये ४ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *