एपिएफले जित्यो राष्ट्रिय महिला फुटबलको उपाधि

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफ एफसीले जितेको छ। भरतपुरको कृष्णपुर मैदानमा आज भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एपिएफ च्याम्पियन बन्यो।

प्रतिस्पर्धात्मक खेलमा एपिएफले शानदार पुनरागमन जित निकाल्यो। सुरुमा आर्मीले अग्रता लिएको थियो। १३औँ मिनेटमा बिमला चौधरीले गोल गरेर आर्मीलाई अगाडि पुर्‍याइन्। तर, अन्तिम ६ मिनेटमा आर्मी सम्हालिन नसक्दा खेलले नाटकीय मोड लियो। ७५औँ मिनेटमा रश्मि घिसिङले सुन्दर हेडर गोल गरेर एपिएफलाई बराबरीमा ल्याइन्। निर्धारित समयमा थप गोल नहुँदा खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा एपिएफले ४–२ को जित हासिल गर्‍यो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

विजेता एपिएफले ट्रफीसँगै तीन लाख रुपैयाँ पायो। उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। 
एपिएफकी प्रिती राई ‘प्लेयर अफ दि म्याच’ चुनिइन् र उनले १० हजार रुपैयाँ पाइन्। आर्मीकी चन्द्रा भण्डारी ‘प्लेयर अफ दि टुर्नामेन्ट’ बनिन्, जसले ४० हजार रुपैयाँ प्राप्त गरिन्।

एपिएफकी सावित्री किसन उत्कृष्ट गोलरक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपिएफकी रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर र ८ गोलसहित सर्वाधिक गोलकर्ता बनेकी एपिएफकी रश्मि कुमारी घिसिङ चुनिए। यस्तै, एपिएफका जिबेश पाण्डे उत्कृष्ट प्रशिक्षक घोषित भए। यी सबैले जनही २०–२० हजार रुपैयाँ पाए। चितवन जिल्ला फुटबल संघले आयोजना गरेको र भरतपुर महानगरपालिकाले प्रवर्द्धन गरेको यो प्रतियोगितामा ८ टोलीले भाग लिएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *