माओवादीको जागरण अभियान स्थगित, काठमाडौं फर्कँदै नेताहरू

नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान पुनः स्थगित भएको छ।

गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

उक्त अभियान बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको थियो।

चितवनसम्म आइपुगेको अभियान सोमबारदेखि स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं विरोध सभा गर्दैछ।

त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित गरिएको आचार्यले बताए।

‘नेताहरू आजै काठमाडौं फर्कँदै हुनुहुन्छ,’ उनले भने।

काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिनेछ।   

अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ।

अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियान अन्तर्गका कार्यक्रम हुनेछ। नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *