झापामा हात्ती आतंक: १४ वर्षमा ६४ जनाको मृत्यु

झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो ।

भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाए ।  यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चारजनाले ज्यान गुमाए । 

EPIC EPIC EPIC

१४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए । सोही अवधीमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको संख्या आठ रहेको छ । वि.स. २०६२ देखि हालसम्म झापामा २२ वटा जंगली हात्तीको मृत्यु भएको डा. भालले बताए ।  

 पशु चिकित्सक भालका अनुसार हात्तिको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रुपमा कठिन छ । उनले तत्कालीन उपायको रुपमा सामुदायमा जनचेतना फैलाउन सके मात्र मानव–हात्ति द्वन्द्व न्यूनीकरण गर्न सकिने बताए ।  

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा जंगली हात्तिबाट पीडित ५१० जनालाई राहत वितरण गरिएको छ । जसमध्ये दुईजना घाइतेलाई रु दुई लाख ६१ हजार १२०, घर गोठ क्षति भएका १४८ घरपरिवारलाई रु २३ लाख, भण्डारण गरेको अन्न क्षति भएका १२७ परिवारलाई रु नौ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका ३७१ परिवारलाई ३४ लाख ५३ हजार चार सय राहत वितरण गरिएको छ ।  

कार्यालयका अनुसार चालु आवमा मन्त्रालयबाट चारजना मृतकको परिवारलाई जनही १० लाखका दरले ४० लाख र ३३ जना पीडितलाई रु ५२ लाख ९९ हजार ९२८ राहत वितरण गरिएको छ ।

पशुचिकित्सक डा. भालका अनुसार मृतकका परिवारलाई जनही रु १० लाख, घाइतेलाई अवस्था हेरी रु दुई लाखसम्म, जीवनभर अशक्त भएको अवस्थामा रु पाँच लाखसम्म, अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम् २० हजारसम्म डिभिजन वनले राहत रकम उपलब्ध गराउँदै आएको छ ।

जिल्लामा हात्तिको आक्रमणबाट मानव क्षति बढ्दो छ । यसको दीर्घकालीन समाधान खोज्न नसकिए पनि जनचेतना अभिवृद्धि, उचित राहत व्यवस्थापन तथा प्रभावकारी वन व्यवस्थापनमा ध्यान दिइरहेको डिभिजन वन झापाले जनाएको छ । रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *