कचनकवल गाउँपालिकामा शिक्षकको तलब र भत्ता अब सोझै व्यक्तिगत खातामा

कचनकवल — झापाको कचनकवल गाउँपालिकाले शिक्षकहरूको मासिक तलब र भत्ता अब सोझै उनीहरूको व्यक्तिगत बैंक खातामा निकासा गर्ने प्रक्रिया सुरु गरेको छ। पारदर्शिता, सेवा सहजता र कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको यो प्रणालीको पहिलो चरण अन्तर्गत लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा परीक्षण गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलका अनुसार, पहिलो चरणको परीक्षण सफल भएको छ। यस्तै, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा सावधिक जीवन बीमाका लागि विद्यालय कोड म्यापिङ (आवद्धता) र शिक्षकहरूको व्यक्तिगत कोड म्यापिङ प्रक्रिया भने केही जटिल देखिएको उनले बताए। यस्ता प्राविधिक चुनौतीबीच पनि प्रणालीको परीक्षण सकारात्मक रूपमा अघि बढिरहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

हाल विद्यालयको सञ्चय कोष र नागरिक लगानी कोषमार्फत हुने कट्टीसमेत सोझै व्यक्तिगत खातामा पठाउने प्रणाली परीक्षणको अन्तिम चरणमा पुगेको छ। परीक्षण सफल भएपछि पालिकाभित्रका सबै विद्यालयमा यो प्रणाली लागू गरिने जानकारी पोख्रेलले दिए।

यस प्रक्रियालाई सहज बनाउन सबै शिक्षकहरूलाई आफ्नो केवाइसी विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ। अझै केवाइसी अपडेट गर्न बाँकी रहेका वा हालै नियुक्त भएका शिक्षकहरूले एक हप्ताभित्र सञ्चय कोषको बिर्तामोड शाखामा पुगेर आवश्यक विवरण अद्यावधिक गर्नुपर्ने गाउँपालिकाले स्पष्ट पारेको छ।

साथै, विद्यालयहरूलाई आफ्ना सम्पूर्ण शिक्षकहरूलाई समयमै जानकारी गराई प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरिएको छ।

शिक्षक भत्ता वितरण प्रणालीमा पारदर्शिता, समयमै सेवा प्रवाह र सूचना प्रविधिको उपयोगमार्फत उत्तरदायी प्रशासन निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो पहलले कचनकवल गाउँपालिकालाई झापामा यस्तो व्यवस्था लागू गर्ने पहिलो पालिकाका रूपमा स्थापित गरेको छ।

यस प्रणालीले विद्यालयको लेखापरिक्षण शुल्कमा समेत व्यापक सुधार ल्याउने र आर्थिक भार कम पार्ने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
5
+1
6
+1
1
+1
3
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *