प्रहरीको धरपकडपछि झापाको यातायातमा लेखापढी सेवा ठप्प, कर तिर्न समस्यामा नागरिक

बिर्तामोड । यातायात व्यवस्था कार्यालय झापामा रहेका लेखापढी व्यवसायीहरुले काम नगर्दा सेवाग्राहीहरुले चरम सास्ती भोग्नु परेको छ। कर तिर्न, भौचर भर्न र अन्य प्रक्रियामा लेखापढी व्यवसायीको भर पर्ने सेवाग्राहीहरु कामको थालनी नहुँदा अन्योलमा परेका छन्।

‘बैंकको भौचर कसरी भर्ने सर? कर तिर्नु छ, मलाई त भौचर भर्नै आउँदैन,’ झिलझिलेका मनोजकुमार राईले भने। उनी गाडीको कर तिर्न आएका थिए तर लेखापढी व्यवसायी नहुँदा आफैंले काम गर्नुपर्दा समस्या भएको बताए। अर्का सेवाग्राही मेचीनगरका हरि घिमिरे पनि कर तिर्नै प्रक्रिया बुझ्न नसकेर कार्यालय परिसरमै भौतारिन बाध्य भए।

EPIC EPIC EPIC EPIC EPIC

चैत्र २२ गते प्रहरीले बिचौलियाको आरोपमा ९ जनालाई पक्राउ गरी अभद्र व्यवहारमा म्याद थप गरेपछि सुरक्षा प्रत्याभूति नहुँदै लेखापढी व्यवसायीहरुले काम ठप्प पारेका हुन्। व्यवसायीहरुले आफूहरुको सुरक्षामा प्रश्न उठाएका छन्।

“सटर खोल्ने बित्तिकै कहिले प्रहरीले ल्याएर जान्छ भन्ने ठेगान छैन,” व्यवसायी राजेश श्रेष्ठ भन्छन्, “यस्तो अवस्थामा कसरी ढुक्क भएर काम गर्न सकिन्छ?”

मेची लेखापढी व्यवसायी संघका अध्यक्ष युवराज निरौलाले सबै व्यवसायीलाई एउटै किसिमको दृष्टिले हेर्ने प्रवृत्ति गलत भएको बताए। “गलत गर्ने व्यक्तिलाई कारबाही गर्नु जायज हो, तर प्रमाणपत्र लिएर काम गरिरहेका व्यवसायीलाई बिचौलिया भनेर एउटै आँखाले हेर्नु गलत हो,” उनले स्पष्ट पारे।

व्यवसायीहरुले सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटी काम, कर्तव्य र अधिकार स्पष्ट पार्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। साथै पक्राउ परेका व्यक्तिहरूको रिहाइको मागसमेत राखिएको थियो।

स्मार्ट टाक्स प्रालिका सञ्चालक लक्ष्मी पराजुलीले सेवाग्राहीको काम समयमा गर्न नपाउँदा बिलम्ब शुल्क लाग्ने अवस्था आएको गुनासो गरे। उनले भने, “१०/१२ जनाले कर तिर्न जिम्मा दिनुभएको छ, तर चैत्र मसान्तभित्र नतिरे थप शुल्क लाग्छ। त्यो कसले व्यहोर्ने?”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *