मेचीनगरमा क्रसरको मेसिनले कामदारको हात छिन्यो

झापा, चैत २७ ।
झापाको मेचीनगर नगरपालिका–१२ पिपलडाँगीस्थित राजधानी क्रसर उद्योगमा मेसिनले हात च्यापिँदा एक कामदार गम्भीर घाइते भएका छन्।

आज दिउँसो करिब २ः३० बजे उद्योगमा कार्यरत ६० वर्षीय सन्तबहादुर दर्जी ढुंगा टुक्र्याउने मेसिनमा काम गर्ने क्रममा दुर्घटनामा परेका हुन्। मेसिनले उनको बाँया हातको कुहिनीमुनिको भाग च्यापेर छुटाएको प्रहरीले जानकारी दिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

घाइते दर्जीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *