शिक्षक आन्दोलनका बीच सरकारद्वारा १२ वैशाखमा संसद अधिवेशन आह्वान

शिक्षक आन्दोलन लम्बिएपछि शिक्षा विधेयक छिटो पारित गर्नेभन्दै सरकारले १२ वैशाखमा संसद्को वर्षे अधिवेशन आव्हान गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागिभन्दै संसदको अधिवेशन आह्वान गरेको हो । लामो समयदेखि अड्किएको शिक्षा विधेयक पारित गर्न सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धतासमेत सरकारले व्यक्त गरेको छ । 

EPIC EPIC EPIC EPIC EPIC

नेपाल शिक्षक महासंघले गत वर्ष सरकारसँग भएका सहमतिको कार्यान्वयनको माग गर्दै दुई सातादेखि राजधानीकेन्द्रीत आन्दोलनमा छ । महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्न सरकार संवेदनशील र गम्भीर रहेकोभन्दै मन्त्रिपरिषद् बैठकले यथोचित मागको सम्बोधन गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिएकी छिन् ।   

महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएकोभन्दै हाल विद्यार्थी भर्ना, एसइईको उत्तरपुुस्तिका परीक्षण तथा कक्षा १२ को राष्ट्रिय परीक्षासमेतको समय भएकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हीतलाई ध्यानमा राखेर आआफ्नो कार्यथलोमा फर्किन सरकारले शिक्षकहरुलाई अनुरोध पनि गरेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *