कचनकवल — कचनकवल गाउँपालिका–१ मिलडाडाँमा जंगली हात्तीको समूहले मकैबारीमा क्षति पुर्याएको छ।
मंगलबार बिहान करिब ३ बजे महाबिर लिम्बुको करिब ९ कठ्ठा खेतमा मकै खाइदिएर करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको स्थानीयले बताएका छन्।
छ जना हात्ती देखिएको अनुमान गरिएको छ। हात्तीहरू क्षति पुर्याएपछि वनतर्फ फर्किएको प्रहरी चौकी घेराबा?रीले जानकारी दिएको छ।