झापा — झापाको बुद्धशान्तिबाट पाँच लाखभन्दा बढी मूल्यका अवैध सामान प्रहरीले बरामद गरेको छ।
बिहीबार साँझ करिब ७ः३० बजे बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगान नजिकको मेची राजमार्गमा सवारीसाधन चेकजाँचका क्रममा प्रहरीले प्र.१–०१–००१ ज. ३४४९ नम्बरको यात्रुबाहक बोलेरो गाडी रोकेर तलासी लिएको थियो। ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको उक्त गाडीबाट करिब ५ लाख ३४ हजार ७४५ रुपैयाँ बराबरको बिलबिनाको विभिन्न कस्मेटिक सामग्री फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको सामान हाल इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।



















