उद्योगीले बढाए सिमेन्टको मूल्य

झापा । सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए पनि नघटाई बिक्री भइरहेको पाइएको छ । गत चैतको तेस्रो साता सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँ घटाएको भनिएको थियो । तर बजारमा मूल्य घटेको भने देखिएन । बरु उल्टै बढेको पाइएको छ । यसअघि ७५० रुपैयाँ अधिकतम मूल्य रहेको ओपीसी सिमेन्टको मूल्य ७७१ रुपैयाँ पुगेको छ ।

‘सिमेन्टमा एक रुपैयाँ पनि घटाइएको छैन । मन्त्रालय र विभागले घटाएको भनी सञ्चारमाध्यमहरूमा समाचार आयो,ु नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ुतर त्यसलाई कसैले पनि लागु गरेनन् । बरु मूल्य बढाएको देखिन्छ ।’

EPIC EPIC EPIC EPIC EPIC

किन मूल्य घटेन भनेर मन्त्रीलाई सोध्नुपर्ने अवस्था आएको उनले बताए । भने, ुकिन मूल्य घट्यो भनेर मिडियामा ल्याउन लगाउनुभयो र किन घटाइएन भन्नुपर्‍यो ।’ उनका अनुसार उत्पादन बढाएर लागत घटाउनुपर्नेमा कटौती गरी मूल्य बढाएर लागत घटाइएको छ । सिमेन्ट र डन्डी दुवैमा कार्टेलिङ गरिएको र बजारमा सानो मात्रामा सिमेन्ट र डन्डी पठाएर मूल्य बढाएको उनले आरोप लगाए ।

‘कार्टेलिङलाई असफल बनाउन अहिलेको मागले पनि भूमिका खेल्यो । सरकार र उद्योगी मिलेर नै मूल्य निर्धारण भएको देखिन्छ । उद्योग मन्त्रीको प्रत्यक्ष रूपमा आशीर्वाद नै छ । उत्पादन बढाएर त होइन कटौती गरेर लागत घटाउने नीति लिइराख्नु भएको छ,’ सिंहले भने, ‘उत्पादन बढाएर लागत घटाउनुपर्नेमा डन्डी सिमेन्ट दुईटै उत्पादनमा कार्टेलिङ गरिएको छ ।’

गत चैत तेस्रो साता सिमेन्ट उद्योगीले मूल्य घटाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको थियो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको जानकारी दिएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *