लौका खेतीबाट चार लाख आम्दानी

सुनसरी । सुनसरीगढी गाउँपालिका-५ का अनुरूप उराँवले सात कठ्ठा जग्गामा लौका खेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन्।

वार्षिक रु. २० हजारमा अरूसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौका खेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा रु. ५० हजार लगानी भएको बताए ।

EPIC EPIC EPIC EPIC EPIC

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु. ५० हजार खर्च भएको भन्दै उनले एक याममा रु. चार लाखसम्म आम्दानी हुने जानकारी दिए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा रु. चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे । 

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कद खेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए । गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौका खेती गरेको उनले बताए । लौका सुरुमा प्रतिगोटा रु. ८० मा बिक्री गरेकामा अहिले रु. २० देखि २५ मा बिक्री हुँदा पनि रु. चार लाख आम्दानी भइरहेको उनले उल्लेख गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *