काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी आज जनमत पार्टीसँगको पार्टी एकता घोषणा कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार उनलाई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई डिल्लीबजार कारागार पुर्याएको हो। तर गिरफ्तारीको कारण अझै खुलाइएको छैन।
टीकापुर काण्डका मुख्य आरोपी रहँदै आएका चौधरीलाई २०८० जेठ १५ मा राष्ट्रपतिबाट कैद मिनाहा गरिएपछि रिहा गरिएको थियो। आजको कार्यक्रममार्फत जनमत र नाउपाबीच ‘नागरिक जनमत’ नामक एकीकृत पार्टी घोषणा हुने तयारी थियो।
चौधरीको अचानक पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ भने दुवै दलका नेता र कार्यकर्ताहरू घटनाले स्तब्ध बनेका छन्।