काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इण्डियन एक्सचेन्ज मार्केट (आईईएक्स)बाट थप चार घण्टा विद्युत आयात सुरु भएको बताएको छ । यसअघि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै आउने गरेको बिजुली अब २ बजेदेखि नै आउन थालेको हो ।
नेपालका नदीनालामा पानीको बहाब बढेको र आयात पनि बढेकाले अब औद्योगिक क्षेत्रमा भइरहेको विद्युत कटौती कम हुने प्राधिकरणले बताएको छ । सुख्खा याम सुरु भएसँगै भारतले गत मे १ देखि इण्डियन एक्सचेन्ज मार्केटबाट आउने बिजुली दिउसोको समयमा मात्रै सीमित गरेर रातीको समयमा बन्द गरेको थियो ।
औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत उपलब्धतालाई हालको ब्यवस्थापनले उच्च प्राथमिकतामा राखेको भन्दै प्राधिकरणले आफ्नो विज्ञप्तिमा मागअनुसार कम भएको विद्युत आप्ूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम् मूल्यमा समेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकहरुमा देखिएको केही समस्या पनि समाधान हुने बताएको छ ।