एजेन्सी । प्रयोगकर्ताको डेटा चीनमा पठाएकोमा टिकटकलाई ५३ करोड युरो जरिवाना गरिएको छ ।
आयरल्यान्डको डाटा संरक्षण आयोग (डीपीसी) ले शुक्रबार टिकटकलाई जरिवाना गराएको हो ।
टिकटकले चीनमा व्यक्तिगत जानकारी स्थानान्तरण गर्दा युरोपेली संघको डाटा सुरक्षा नियम उल्लङ्घन गरेको र पारदर्शिताको आवश्यकता पूरा गर्न असफल भएको जनाइएको छ।
टिकटकको युरोपेली मुख्यालय डब्लिनमा रहेकाले आइरिस नियामक निकायले जिम्मेवारी लिएको छ ।