सडकमा लडिरहेको अवस्थामा कचनकवलकी युवतीको शव फेला

कचनकवल — कचनकवल गाउँपालिका–३ दल्कीस्थित सन्थाल बस्तीमा एक २६ वर्षीया युवती रहस्यमय अवस्थामा मृत फेला परेकी छन्। विदेन मर्डीकी छोरी आस्मा मर्डी आज बिहान ६ बजे आफ्नै घरदेखि करिब २५ मिटर उत्तरतर्फको बाटोमा लडेको अवस्थामा मृत फेला परेकी हुन्।

शव देख्नेबित्तिकै उनका भाइ सफल मर्डीले उनलाई घरमा ल्याएका थिए। घटनाको जानकारी पाएको केही समयमै प्रहरी चौकी पथरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार मृतकको शरीरमा कुनै बाह्य चोटपटक देखिएको छैन। यद्यपि घटनाको प्रकृति शंकास्पद देखिएकाले थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटिएको जनाइएको छ। घटनाबारे कानुनी प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *