जातीय विभेद गरेको आरोपमा पीएनका विभागीय प्रमुख देविलाल शर्मा ४ दिनमै बर्खास्त

पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका व्यवस्थापन संकायका शिक्षक डा. देविलाल शर्मालाई जातीय दुव्र्यवहार गरेको आरोप लागेको छ । व्यवस्थापन संकायतर्फ एमबिए फाइनन्स विषयको शैक्षिक अवलोकन भ्रमणका विद्यार्थी अमन परियारलाई जातीय दुव्यर्वहार गरेको लागेको हो । उक्त विषयमा स्वतन्त्र विद्यार्थी युनियन, दलित विद्यार्थी समाज र तराई कानुन विद्यार्थी मञ्चले विज्ञप्ती जारी गर्दै घटनाका बारेमा विरोध जनाएका छन् भने क्याम्पसले अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइसकेको छ । उनी ४ दिनअघि मात्रै उक्त पदमा नियुक्त भएका थिए ।

उनीहरुले जातीय विभेद गर्ने शिक्षकलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।विद्यार्थीले आपत्ति जनाउँदै गर्दा शिक्षक शर्माले ‘शैक्षिक प्रमाण पत्र पोखरामा नबिक्ने गरी पोखराबाट नै गायब गर्छु, एनक्यु लगाई तलाईं कहीं न कतैको बनाइदिन्छु’ भनी धम्कीसमेत दिएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

आरोप लागेका शिक्षक देविलाल शर्मालाई सम्पर्क गर्न खोज्दा उनको मोबाइन स्विच अफ गरिएको छ ।

घटना के हो ?

पिएन क्याम्पसका व्यवस्थापन संकायतर्फ एमबिए फाइनन्सका विद्यार्थी वैशाख २५ गते ५ दिने शैक्षिक अवलोकन भ्रमणमा निस्किएका थिए । २० जना विद्यार्थीसहित भ्रमण गएको टोली सोमबार पोखरा फर्किदै थियो । सिन्धुलीमा आउँदा बस बिग्रियो । सबै जना खाना खाजा खानतिर लागे र चालक भने बस बनाउने मिस्त्री खोज्नतर्फ लागे । सबै साथीहरु तितरवितर भएका थिए ।

लामो समयसम्म पनि कुनै जानकारी नआएपछि अमनसहितका केही साथीहरु अरु साथीहरु भएको ठाउँतिर लागे । उक्त ठाउँमा शिक्षकहरु पनि थिए । अमनले त्यहाँ भएका साथीलाई ‘हामीलाई किन नबोलाएको’ भने । तर, शिक्षक शर्माले जवाफ फर्काए । ‘लामो समयसम्म फोन नउठेपछि साथीलाई हामीलाई किन नबोलाएको भनेको थिए । तर, सरले ‘घर जान मन लागेको छ भने जा’ भनेर हप्काउनुभयो’, अमनले भने ।

अमन त्यहाँबाट निस्किए । पछि गाडी बनेर सामान हाल्दा साँझ परिसकेको थिए । अमनकाअनुसार उक्त समयमा आफुले सुन्ने गरी शिक्षक शर्माले ‘दमै गुको लेडो, जात नभएका भन्दै सुन्नै नसक्ने शब्द प्रयोग गरे । पटकपटक सुन्ने गरी भनेपछि अमनले साथीमार्फत ‘हामीले सुन्यौं अब नभन्नु’ भन्न लगाए । त्यसपछि उनी आफ्नो झोला लिएर अर्को गाडीमा चढ्नतर्फ लागे । तर, साथीहरुले उनलाई सोही गाडी जान जोडबल लगाए र उनी सोही गाडीमा फर्किए ।

उनले मंगलबार बिहान उक्त बिषयमा क्याम्पसलाई जानकारी गराइसकेका छन् । ‘मैले क्याम्पसलाई जानकारी गराईसकेको छु । अहिलेसम्म कानुनी उपचारको विषयमा सोचेको छैन । यो क्याम्पसमा म जस्ता हजारौं विद्यार्थीहरु आउँछन्’, अमनले भने, ‘आगामी दिनमा यस्ता घटना नदोहोरिन पनि केही न केही सजाय त भोग्नुपर्छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *