११ सय नेपाली हजका लागि साउदी जाने

काठमाडौं। मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाको रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा हजका लागि यस वर्ष ११ सय ७१ नेपाली जाने भएका छन् ।

जेठ ३ गते ५५ जना नेपाली पहिलो चरणमा साउदी अरेबिया जाने भएका छन्। सन २०२५ को लागि १२ सयभन्दा बढी कोटा तोकिएमा ११ उडान मार्फत जम्मा ११ सय ७१ जना नेपाली हजयात्रु मक्का मदिनाको लागि जान लागेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

पहिलो समूहका हजयात्रीहरूलाई स्वागत र सहजीकरण गर्न नेपाली राजदुत डा. नरेश विक्रम ढकाल, वाणिज्यदूत सिर्जना अधिकारी, दूतावासका अन्य अधिकारीहरूको उपस्थित रहने छ ।

हजका लागि साउदीमा नेपाल लगायत विभिन्न मुलुकबाट २८ लाखभन्दा बढी मुस्लिम धर्मावलम्बीहरू साउदीस्थित मक्का मदिना जाने गरेका छन्।

यस पटक साउदी सरकारले हज समय अवधिमा अनुमतिपत्र बिना हज गर्ने प्रयास गर्ने जो कोहीलाई पनि एक लाख रियालसम्म जरिवाना गरिनुको साथै गृह देश निकाला सहित १० वर्षको लागि प्रवेशमा प्रतिबन्ध लगाउने जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *