नेपालमा चार वर्षमा चट्याङले २३७ को ज्यान गयो

झापा- नेपालमा पछिल्लो चार वर्षमा चट्याङ लागेर २३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशीदेखि सुदूरपश्चिम र कर्णालीदेखि मधेससम्म चट्याङको उच्च जोखिम रहेको छ।

प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेको जानकारी दिइन्। २०७८ साउन १ देखि २०८२ जेठ ५ गतेसम्म चट्याङका १,११८ वटा घटना दर्ता भएका छन्, जसबाट १,६०७ परिवार प्रभावित भएका छन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा रहेको उनले बताइन्।

EPIC EPIC EPIC

सहसचिव श्रेष्ठका अनुसार घर, गोठ र अग्ला टावर चट्याङको मुख्य निशाना बन्ने गरेका छन्। बर्खायाममा कृषि कार्यमा संलग्न सर्वसाधारण यसबाट बढी प्रभावित हुने गरेका छन्। कोशी प्रदेशमा चट्याङका घटना बढी भए पनि मानवीय तथा भौतिक क्षति भने लुम्बिनी प्रदेशमा बढी भएको तथ्यांक छ। विगत चार वर्षमा कोशीमा ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् भने लुम्बिनीमा ५४ जनाको ज्यान गएको र १६५ जना घाइते भएका छन्।

अन्य प्रदेशमा पनि मानवीय क्षति भएको छ, जसअनुसार सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन्। घाइते हुनेको संख्या कर्णालीमा २०७, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ रहेको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले नेपालमा विपद्बाट हुने जनधनको क्षतिमा चट्याङ दोस्रो ठूलो कारण रहेको बताए। प्रि-मनसुन र मनसुन अवधिमा वायुमण्डल अस्थिर हुने भएकाले चट्याङका घटना बढी हुने उनको भनाइ छ। नेपालको भौगोलिक अवस्थाका कारण पनि यहाँ बढी चट्याङ पर्ने गरेको उनले उल्लेख गरे।

सहप्राध्यापक सिग्देलले चट्याङ रोक्न नसकिने भए पनि सचेतना अपनाएर ८० प्रतिशतसम्म क्षति न्यूनीकरण गर्न सकिने बताए। विकसित मुलुकको तुलनामा नेपालमा चेतना र प्रविधिको अभावका कारण बढी क्षति हुने गरेको उनको भनाइ छ। अध्ययन अनुसार ८० प्रतिशत मानवीय क्षति खेतमा काम गर्ने जस्ता खुला स्थानमा रहेका मानिसलाई हुने गरेको पाइएको छ।

मनसुनमा मध्याह्नपछि चट्याङ बढी पर्ने भएकाले सो समयमा खुला स्थानमा काम नगर्न र मेघगर्जन भएको बेला सुरक्षित रहन उनले आग्रह गरे। जल तथा मौसम विज्ञान विभागले जडान गरेका तीनवटा राडार बिग्रिएका कारण चट्याङको पूर्वसूचना प्रणाली कमजोर भएको उनले बताए। ती राडार मर्मत गरेमा आधा घण्टादेखि एक घण्टाअघि नै चट्याङ पर्ने क्षेत्रको जानकारी पाउन सकिने उनको भनाइ छ।

घर तथा ठूला संरचना निर्माण गर्दा चट्याङ प्रतिरोधी उपकरण जडानलाई अनिवार्य गरेर र स्थानीय तहले सचेतना कार्यक्रम सञ्चालन गरेर चट्याङबाट हुने जोखिम कम गर्न सकिनेमा उनले जोड दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च