विषालु च्याउले लियो एक महिनामै ३ जनाको ज्यान, ११ जना बिरामी

पाल्पा । पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु भएको छ । ११ जना बिरामीको उपचार भइरहेको छ ।

च्याउ सेवनबाट बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति मृत्यु भएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो ।

EPIC EPIC EPIC

गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका ती बालक सामान्य उपचारपछि घर लगिएकोमा पुन: स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेजमा उपचाररत थिए । उनको उपचारको क्रममा मृत्यु भएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अहिले पनि तानसेन नगर भित्र ११ जना च्याउ खाएर बिरामी छन्, जसमध्ये एक जना गम्भीर छ । अन्यको अवस्था सामान्य छ ।

उता माथागढीको कसेनीका ४ जना, निस्दीका २ जना पनि बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकाका तीन जना पनि च्याउ सेवन गरी बिरामी परेकोमा दुई जनाको गत मंगलबार र बुधबार मृत्यु भएको छ । एक जना उपचाररत छन् ।

बिरामीमध्ये केहीको युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको छ ।

प्रि–मनसुनको समयमा उम्रिएका च्याउहरू विषालु हुने हुँदा यस्ता च्याउको सेवनबाट बिरामी र मृत्यु हुने दर बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लामा विषालु च्याउ सेवन गर्ने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय र स्थानीयहहरुले सचेतनाका कार्यक्रम गर्दै आएका छन् । स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि, कर्मचारीले विभिन्न तरिका तथा सामाजिक सञ्जालमार्फत पनि सचेतनाका कार्यहरु गर्दै आएको जनाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च