थाइल्यान्डमा एक्सइसी भेरियन्टका कारण २७ को मृत्यु, ८०% वृद्ध

एजेन्सी । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को ‘एक्सइसी भेरियन्ट’ सामान्य फ्लुभन्दा सात गुणा तीव्र गतिमा फैलिरहेको जानकारी दिएकाे छ। थाइ अधिकारीहरूले नजिकबाट निगरानी गरिरहेको भन्दै यस्ताे जानकारी दिएका हुन्।

स्वास्थ्य मन्त्री सोमसाक थेप्सुथिनले भने, ‘मन्त्रालयले संवेदनशील समूहलाई जोगाउन र विद्यालयमा भाइरसको निगरानी गर्न स्रोत केन्द्रित गरिरहेको छ।’

EPIC EPIC EPIC

थाइल्यान्डले एक जनवरीदेखि २१ हप्तासम्म रोग नियन्त्रण उपाय अपनाइरहेको भनेकाे छ। हालसम्म एक लाख आठ हजार आठ सय ९१ जना एक्सइसीबाट सङ्क्रमित भएका छन्। मन्त्रालयका अनुसार २७ जनाको मृत्यु भएको छ।

मृतकमध्ये करिब ८० प्रतिशत वृद्धवृद्धा थिए। बालबालिका पनि यो भाइरसबाट प्रभावित छन्। यो प्रकोप एक्सइसी भेरियन्टका कारण भएको हो, जुन ओमिक्रोनको एक संस्करण हो।

यो भेरियन्ट गम्भीर नभए पनि तीव्र फैलावटका कारण संवेदनशील व्यक्तिका लागि जोखिमपूर्ण छ। स्वास्थ्य अधिकारीका अनुसार मृत्युदर कम भए पनि रोकथाम निकै महत्त्वपूर्ण छ।

चुलालोंगकोर्न विश्वविद्यालयको चिकित्सा सङ्कायका डा. तीरा वोरतनारातले यो भेरियन्ट सामान्य फ्लुभन्दा करिब सात गुणा तीव्र गतिमा फैलिने पुष्टि गरेका छन्। बैंकक महानगर प्रशासनले विद्यालयलाई विद्यार्थीमा समूहगत सङ्क्रमण देखिएमा नजिकबाट निगरानी गर्न निर्देशन दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च