झापा – झापाको झापा गाउँपालिका ४ स्थित सुकुम्बासी क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।
गए राति करिब ९:१५ बजे प्रहरिको गस्ती टोलीले भारतबाट साइकलमार्फत नेपाल प्रवेश गर्दै गरेका दुई युवालाई शंका लागी जाँच गर्दा एक जनाको ट्रयाकसुटको फेरमा लुकाइएको अवस्थामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसिलो पदार्थ फेला पारेको हो।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ निवासी २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरिया रहेका छन्। अनुरोध ताजपुरियाको साथबाट प्लास्टिकसहित १ ग्राम १७० मिलिग्राम र प्लास्टिकबाहेक ८०० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।