अध्यक्षको स्वार्थले स्थगित भयो पथरीया माविको शिक्षक तथा कर्मचारी नियुक्तिको परीक्षा

  • नवीन उप्रेती

झापा — कचनकवल गाउँपालिका–३ स्थित पथरिया माध्यमिक विद्यालयमा गत जेठ ७ गतेका लागि तय गरिएको करार शिक्षक (अङ्ग्रेजी) र विद्यालय लेखा कर्मचारी पदको लिखित परीक्षा अन्तिम समयमा आएर स्थगित भएको छ। तर, यो स्थगन सामान्य कारणले होइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्षकै एकल हस्तक्षेपका कारण भएको खुल्न आउँदा यसले शिक्षा प्रणालीमै गम्भीर प्रहार गरेको देखिएको छ।

विद्यालयमा परीक्षा सञ्चालनका लागि अध्यक्ष जयनारायण यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। तर, परीक्षा सुरु हुनुभन्दा केही समय अघिनै बिहान १०:३० बजे यादवले आफू उपस्थित नहुने जनाउँदै प्रधानाध्यापकलाई पत्र पठाए र परीक्षा स्थगित गर्न निर्देशन दिए। यो निर्णय कुनै बैठक, सदस्यहरूसँगको छलफल वा सार्वजनिक सूचना विना लिइएको हुँदा शिक्षा ऐन, नियमन तथा स्थापित कार्यविधिको उल्लंघन स्पष्ट देखिन्छ।

EPIC EPIC EPIC EPIC EPIC

अझ चासोको विषय के भने, स्थगित परीक्षा दिन अध्यक्ष यादवकी छोरी पनि परीक्षार्थी थिइन्। यसले परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ। न यादवले संयोजक पदबाट राजीनामा दिए, न त समितिमा वैकल्पिक संयोजक तोक्न कुनै प्रयास भएको देखिन्छ।

परीक्षा स्थगन भएको दिन यादव सम्पर्कविहीन रहे पनि उनी सामाजिक सञ्जालमा सक्रिय देखिएका थिए। एक जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो व्यवहार शिक्षा क्षेत्रमा अस्वीकार्य हो।

विद्यालयका प्रधानाध्यापक गुणराज गुरागाईंका अनुसार बिहान ८:३० बजे गाउँपालिकाको कार्यालयमा बोलाइएपछि उनी एक कर्मचारीसहित त्यहाँ पुगेका थिए। त्यसपछि अध्यक्षको पत्र प्राप्त भई अन्य पदाधिकारीहरूसँग सल्लाह गरी परीक्षा स्थगन गर्ने निर्णय गरिएकाले परीक्षार्थीलाई जानकारी गराइएको हो।

लेखा कर्मचारी पदका परीक्षार्थीमा एकता राजवंशी, लक्ष्मीनारायण भण्डारी र शृजना यादव रहेका थिए भने अङ्ग्रेजी विषयतर्फ विष्णु पोख्रेल परीक्षार्थी थिए।

परीक्षा स्थगनको निर्णयमाथि उठेका आलोचनाबीच विद्यालय व्यवस्थापन समितिका संयोजक जयनारायण यादवले आफ्नो स्वास्थ्य अवस्थाका कारण सो दिन परीक्षा स्थलमा उपस्थित हुन नसकेको दाबी गरेका छन्। उनले आफू मुटु रोगी भएको बताउँदै यही कारणले त्यसदिन उपस्थित हुन नसकेको बताए।

यता, शिक्षा शाखा प्रमुख मनिता बरालले परीक्षा सम्बन्धी सम्पूर्ण फाइल हाल बन्द अवस्थामा रहेको बताउँदै, नयाँ मिति तय गर्न समितिबाट प्रस्ताव आएपछि मात्र प्रक्रिया अगाडि बढाइने जानकारी दिइन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *