७१ जिल्लामा डेङ्गी संक्रमण पुष्टि, मौसमको प्रभावले जोखिम बढ्दै

काठमाडौं — यस वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपणसँगै डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा सामान्यभन्दा धेरै वर्षा हुने बताएको छ। यस सन्दर्भमा महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले बढ्दो पानीका कारण डेङ्गी सार्ने लामखुट्टे फस्टाउने वातावरण बन्ने भएकाले सतर्कता आवश्यक रहेको बताए।

EPIC EPIC EPIC EPIC EPIC

“गत वर्षको तुलनामा हाल संक्रमण कम देखिएको छ तर धेरै पानी परेमा लामखुट्टेको प्रजनन बढ्छ र संक्रमण फैलन सक्छ,” उनले भने।

डा. दाहालका अनुसार टायर, गमला लगायत पानी जम्ने स्थानहरू लामखुट्टे प्रजननका लागि उपयुक्त हुने भएकाले ती स्थानको व्यवस्थित व्यवस्थापन गर्न जरुरी छ। उनले घर वरपरको सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फुल पार्ने र त्यहीँबाट डेङ्गी सार्ने लार्भा विकास हुने जानकारी दिए।

पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा डेङ्गी संक्रमण देखिएको छ। पाँच जनाभन्दा बढी संक्रमित भएका ३० स्थानीय तहमा नियन्त्रण तथा रोकथामका लागि पत्राचार गरिएको महाशाखाले जनाएको छ।

सन् २०२४ मा डेङ्गी ७६ जिल्लामा फैलिएको थियो, जसमा १५ जनाको मृत्यु भएको थियो भने ४१ हजार ८६५ जना संक्रमित भएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *