काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ ।
नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले बताए । काठमाडौंको दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटबल भएको थियो ।