जसपा नेपालका सांसद कुशवाहाको घरमा अख्तियारले हान्यो छापा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ ।

महोत्तरी क्षेत्र नम्बर-४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा सोमवार छापामारी गर्ने क्रममा उनका स्वकीय सचिव विनोद कुमार लाल कायस्थलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

उनका स्वकीय सचिव पक्राउ परे पनि प्रदेश सांसद कुशवाहा भने सम्पर्कविहीन रहेको अख्तियार स्रोतको भनाइ छ ।

मधेश प्रदेश सरकारबाट प्रदेश सांसद कुशवाहाको भागमा परेको योजनाहरू बिक्री गरेको भने गोप्य सूचनाको आधारमा अख्तियारबाट खटेका टोलीले घरमा छापा मारेको जनाएको छ ।

कुशवाहा महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट दोस्रो पटक निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *