हल्दिबारीमा सहकारीका लागि लेखा व्यवस्थापन तालिम : ‘भरोसा बढाउन इमानदारी जरुरी’

हल्दिबारी। हल्दीबारी गाउँपालिका नियमन क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूलाई लक्षित गर्दै आयोजित दुई दिवसीय लेखा व्यवस्थापनसम्बन्धी तालिम आज सम्पन्न भएको छ।

गाउँपालिकाको सहकारी शाखाको समन्वयमा सम्पन्न तालिममा कोष सञ्चालन, कर प्रणाली, चार खाता सञ्चालन, गोश्वारा भौचर, सम्पत्ति शुद्धिकरण र लेखा व्यवस्थापनजस्ता महत्वपूर्ण विषयमा सहजीकरण गरिएको थियो। तालिममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख उपसचिव टोमनाथ (टोमप्रसाद) उप्रेतीले प्रशिक्षण प्रदान गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा सहभागी सहकारी संस्थाका प्रतिनिधिहरूले तालिम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। सौभाग्यवती कृषि सहकारीकी अध्यक्ष रोसनी शिवाकोटी, सक्रिय ज्येष्ठ नागरिकका सचिव अर्जुन गिरी र जय दुर्गे कृषि सहकारीका सचिव तुलसी ढकालले तालिम उपयोगी भए पनि अवधि छोटो भएको धारणा राखेका थिए।

जेठ १३ गते गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले उद्घाटन गरेको तालिमको समापन आज कार्यवहाक अध्यक्ष देवीबहादुर थापाले गरे। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, प्रशासन शाखा प्रमुख बाबुराम ढकाललगायतको उपस्थिति थियो।

समापन समारोहमा बोल्दै कार्यवहाक अध्यक्ष थापाले केही सहकारी संस्थामा देखिएका अव्यवस्थित क्रियाकलापका कारण सर्वसाधारणमा सहकारीप्रति विश्वास घट्दै गएको जनाउँदै सहकारीहरूको कार्य प्रणाली पारदर्शी, उत्तरदायी र नियमनअनुकूल हुनुपर्छ भन्ने धारणा राखे।

त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सहकारी संस्थाले आफ्नो उद्देश्यअनुसार संस्था र सेयर सदस्यहरू इमान्दार र उत्तरदायी बने सहकारीप्रतिको विश्वास तथा गरिमा अझ बढ्ने उल्लेख गरे।

कार्यक्रमको सञ्चालन सहकारी शाखा प्रमुख कविता कर्णले गरेकी थिइन्।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *