शिवसताक्षीमा सडेको अवस्थामा मानव कंकाल फेला

झापा — झापाको शिवसताक्षी नगरपालिका–७, लालपानी मण्डलबस्तीस्थित कृष्ण मण्डलको मकैबारीमा आज मानव कंकाल फेला परेको छ।

स्थानीय बासिन्दाले जानकारी गराएपछि घटनास्थलमा खटिएको प्रहरी टोलीले सडे गलेको अवस्थामा पुरुषको कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कंकाल सोही स्थानमा बसोबास गर्दै आएका भिम श्रेष्ठका अन्दाजी ४४ वर्षीय छोरा ओमप्रकाश श्रेष्ठको भएको खुलाइएको छ। श्रेष्ठ विगतदेखि नै मानसिक सन्तुलन गुमाएका व्यक्ति भएको परिवारले जनाएको छ।

उक्त कङ्गालको पहिचान मृतकले लगाएको लुगा र पहिरनका आधारमा परिवारका सदस्यहरूले गरेका हुन्। उनी जेठ १ गते घरबाट निस्केपछि हराएका थिए र परिवारले जेठ ३ गते इलाका प्रहरी कार्यालय झिलझिलेसमक्ष हराएको सम्बन्धमा निवेदन समेत दिएको थियो।

प्रहरीका अनुसार घटनास्थलको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी कंकालाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल पठाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *