सुर्तीजन्य पदार्थका कारण नेपालमा वार्षिक ३७ हजारको मृत्यु

काठमाडौं । अनमास्किङ द एपिएलः एक्स्पोजिङ इण्डष्ट्रिज ट्याक्टिस अन टोवाको एण्ड निकोटिन प्रोडक्ट्स भन्ने नाराका साथ शनिबार अर्थात् मे ३१ मा विभिन्न सचेतनामूलक कार्यक्रम सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ । हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थरहित दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रहरूलाई दिवस मनाउन आहृवान गरेको छ । सोही सन्दर्भमा विगत एक दशकभन्दा बढी समयदेखि नसर्ने रोगविरुद्ध जनचेतना अभिवृद्धिका साथै नीति निर्माण तहमा सक्रिय भूमिका खेल्दै आएकोे नेपाल एनसिडी एलायन्सले सुर्तीजन्य पदार्थरहित अभियानमा सहकार्यका लागि आहृवान गरेको छ । एलाइन्सका अनुसार नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट ज्यान गुमाउनेको संख्या हरेक वर्ष वृद्धि भइरहेको छ । आजभन्दा केही वर्ष अघिमात्र सुर्तीजन्य पदार्थका कारण वार्षिक २७ हजार नेपालीहरूको मृत्यु हुने गरेको तर हाल उक्त संख्या करिब ३७ हजार पुगिसकेको छ ।

सुर्तीजन्य वस्तुमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ७५ प्रतिशत कर वृद्धि गर्नुपर्नेमा हाल ३४ प्रतिशतभन्दा बढी कर लिएको छैन । जसमा सुर्ती कम्पनीहरूको हस्तक्षेप स्पष्ट देखिन्छ । बजेटमार्फत् कर वृद्धि हुन्छ भन्ने विश्वास गरिएकोमा खासै वृद्धि नभएको भन्दै एलाइन्सले असन्तुष्टि व्यक्त गरेको छ ।

EPIC EPIC EPIC EPIC

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन पारित भएको १४ वर्ष भइसकेको छ तर पनि कानुनले वर्जित गरेकोमा बालक र सुत्केरी महिलालाई सुर्तीजन्य वस्तु बिक्री गर्न नपाउने प्रावधानलगायत कार्यान्वयन हुन सकेको छैन । सुर्ती कम्पनीहरूले सामाजिक उत्तरदायित्व (कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी) को नामबाट सुर्तीजन्य वस्तुको प्रवद्र्र्धन गरिरहेका एलाइन्सका सहअध्यक्ष शान्तलाल मुल्मी र महासचिव किशोर प्रधानांगद्वारा जारी अपिलमा उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *