देशभर मौसम बदली, पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


काठमाडौं । देशका अधिकांश पहाडी भू-भागमा अहिले आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

EPIC EPIC EPIC

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी लगायतका पहाडी क्षेत्रका थोरै स्थानमा र बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। साथै उच्च–पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। ती प्रदेशका थोरै स्थानमा र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागको पूर्वानुमान छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च