प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म: सामाजिक सञ्जालमा ‘म झोले हो’ को लहर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित धेरै एमाले नेताहरूले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसहित ‘म झोले हो’ लेखेर फेसबुकमा राखेपछि अर्थमन्त्री बिष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाललगायतले झोले लेख्दै फेसबुकमा राखेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

तस्बिरमा  ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्स कयौं गुणा उत्तम चरित्र हो’ पनि लेखिएको छ।

प्रधानमन्त्री ओलीले उक्त तस्बिर राख्दै स्टाटसमा भनेका छन्- ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,’ स्टाटसमा भनिएको छ, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *