सर्पको टोकाइबाट घाइते बालकको दुई दिनपछि मृत्यु

सुनसरी — सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–२ मा सर्पको टोकाइबाट घाइते भएका १० वर्षीय बालक अनिष थापाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार जेठ १६ गते आफ्नै घरको आँगनमा खेल्ने क्रममा बालकलाई विषालु सर्पले टोकेको थियो। सर्पको टोकाइबाट गम्भीर घाइते भएका उनलाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकामा उपचारकै क्रममा आइतबार साँझ निधन भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

सर्पको प्रजाति हालसम्म यकिन नभएको प्रहरीको भनाइ छ। घटनापछि पोस्टमार्टम प्रक्रिया पूरा गरी आइतबार राति करिब ८ बजेतिर बालकको शव परिवारलाई बुझाइएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *