काठमाडौं। सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबीचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्नेगरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका बागमती प्रदेश संयोजक सुवन गिरीले जानकारी दिए ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीहरू देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्ने बताएका थिए ।
‘हाम्रो आन्दोलनको मोडालिटी परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ । आज मयुर र साझाका सवारी चलेका छन् । भोलिबाट ती पनि बन्द हुन्छन् । सरकारलाई जानकारी र समय दिएर आन्दोलनमा आएका हौँ, गिरीले भने ।