ताप्लेजुङमा पाहुना आएका युवकले गरे खुकुरी हानी लिम्बूको हत्या, पत्नी सहित फरार

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित सिस्ने खोलानजिक खुकुरी प्रहारबाट २८ वर्षीय एक युवकको ज्यान गएको छ। हत्या आरोपित युवक र उनकी श्रीमती फरार रहेका छन्।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति फक्ताङलुङ–३ का तेजेन्द्र लिम्बू हुन्। उनलाई मंगलबार राति करिब १ बजे फुङलिङ नगरपालिका–६ उकाली पानी निवासी ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गरेका थिए। अर्जुन पत्नी सरिता लिम्बूसँगै फक्ताङलुङ–३ तावास्थित सरिताकी फुपु योगमाया लिम्बूको घरमा पाहुना आएका थिए।

EPIC EPIC EPIC

स्थानीयका अनुसार सोही साँझ अर्जुन र सरिताबीच सामान्य विवाद भएको थियो। झगडा बढेपछि योगमायाले दुवैलाई रातिको समयमा नै आफ्नो घरबाट फर्कन आग्रह गरेकी थिइन्। त्यसपछि छिमेकी तेजेन्द्र लिम्बूले उनीहरूलाई साथ दिनु भएको थियो।

तर फर्किने क्रममा लिङखिमको सिस्ने खोलानजिक अर्जुनले अचानक तेजेन्द्रमाथि खुकुरी प्रहार गरेका थिए। प्रहारबाट तेजेन्द्रको बायाँ कोखामा गम्भीर चोट लाग्यो र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

घटनापछि अर्जुन गुरुङ हतियारसहित फरार भएका छन् भने उनकी श्रीमती सरिता लिम्बू पनि अहिलेसम्म प्रहरी सम्पर्कमा आएकी छैनन्। घटनाको खबर पाउनेबित्तिकै फक्ताङलुङ–३ का वडाध्यक्ष आईतराम लिम्बूले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी नायब निरीक्षक विमलकुमार श्रेष्ठको टोली घटनास्थल पुगेको थियो।

हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक विवेक बस्नेतको नेतृत्वमा अनुसन्धान टोली परिचालित छ। फरार व्यक्तिहरुको खोजीका लागि सुराकी र प्राविधिक माध्यम प्रयोग भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च