बिर्तामोडमा श्रृंखलाबद्ध चोरीमा संलग्न ३ जना पक्राउ, लाखौंको सुन बरामद

झापा। झापाको बिर्तामोडमा श्रृंखलावद्ध चोरी भइरहेको अबस्थामा चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् ।

करिव एक महिनाअघि बिर्तामोड वडा न. ४ बस्ने कमला कार्कीको घरबाट लाखौंको धनमाल चोरी भएको थियो । त्यस घटनामा संलग्नहरु पक्राउ परेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

गत बैशाख १५ गते दिउँसो १ः३० बजे कार्कीको घरको मुल ढोकामा लगाएको ताल्चा फोरी कोठाभित्र रहेको दराज फुटाई दराजको सेफ लकरमा राखेको नगद तथा ढिका सुन–५ तोला, पाँच तोला आठ आनी सुनबाट तयार गरिएको सुनको गहनाहरुः–ब्रास्लेट थान–१, सिक्री थान–२, एक तोला आठ आनीको सुनको औंठी–२ थान, चार आनी सुनको चन्द्रमा थान–१ र तीन तोला सुनबाट तयार गरिएको सुनको गहनाहरुः– चोकर थान–१, लकेट थान–७ गरी २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।

चोरीपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनाको अनुसन्धान थालेको थियो । त्यसक्रममा आशंकित बिर्तामोड वडा न. ७ वस्ने २७ वर्षीय दिपेश खवासलाई नियन्त्रमा लिई सोधपुछ गर्दा उनले कार्कीको घरको ढोलाको ताल्चा समेत फुटाई सुनको गहना चोरी गरेको स्वीकार गर्दै सो गहना बिर्तामोड वडा न. ४ वस्ने ३५ वर्षीय पवन चौधरीलाई बिक्री गरेको बताएका थिए ।

त्यसपछि पवन चौधरीलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उनले दिपेश खवाससंग खरिद गरेको गहना मेचीनगर नगरपालिका वडा न. १० धुलावारी बस्ने ३३ वर्षीय आशिष श्रापलाई बिक्री गरेको खुलेको थियो ।

आशिष श्रापले संचालन गर्दै आइरहेको जय ज्वेलर्समा चोरी भएको गहनामध्ये १ तोला २३ लाल र ८ प्वाईन्ट सुन फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको छ । चोरीका अन्य घटनाका बारेमा पनि खोजी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *