बनियानी। कचनकवल गाउँपालिकाले गर्मीका कारण विद्यालयहरूमा पठनपाठन प्रभावित भएको भन्दै पालिका भित्रका सम्पूर्ण विद्यालयमा दुई दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको पत्र नं. २७६१ अनुसार अत्यधिक गर्मीका कारण पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको भन्दै विभिन्न विद्यालय तथा अभिभावकहरूबाट प्राप्त अनुरोधका आधारमा जेठ २९ गतेदेखि ३० गतेसम्म (२ दिन) सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू बन्द गरिने निर्णय गरिएको हो।
निर्णयअनुसार उक्त बिदा विद्यालयको हिउँदे र वर्षे बिदाबाट कट्टा गरिनेछ।
विद्यालयहरूलाई उक्त निर्णयको पालना गर्न आग्रह गर्दै प्रमुख प्रशासकीय अधिकृत स्काई पोखेलद्वारा हस्ताक्षरित पत्र मार्फत जानकारी दिइएको छ।
