क्यूआरमार्फत विदेशीले नेपालमा गरे झन्डै २ अर्बको भुक्तानी

काठमाडाैं । क्रस बोर्डर क्यूआर अक्वायरिङतर्फ विदेशीहरूले अहिलेसम्म १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी गरेका छन् ।

नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा भारतको यूपीआई र चीनका अली पे तथा विच्याट मार्फत सो परिमाणमा क्यूआर भुक्तानी प्राप्त भएको हो । राष्ट्र बैँकले गत असोजदेखि अन्तरदेशीय क्यूआर भुक्तानीको तथ्याङ्क प्रतिवेदनमा समावेश गर्न थालेको थियो । राष्ट्र बैँकको तथ्याङ्कअनुसार पहिलो महिना नै १३ करोड ९० लाख रुपैयाँ बराबरको क्यूआर भुक्तानी प्राप्त भएको थियो । त्यसपछि लगातार बढ्दै गएको यस किसिमको भुक्तानी पुस महिनामा ३१ करोड ४० लाख रुपैयाँसम्म पुगेको थियो । त्यसपछि केही घटेको यस किसिमको कारोबार पुनः बढ्ने क्रममा रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

यो आठ महिनाको अवधिमा विदेशीले ६ लाख १२ हजार ४५१ पटक नेपाली क्यूआर स्क्यान गरी भुक्तानी गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *