झापा । केहीदिन यता देशभर बढेको अत्यधिक तापक्रमले झापाको जनजीवन अस्तव्यस्त भइरहँदा बुधबार थोरै भए पनि राहत महसुस भएको छ ।
तापक्रम दिनानुदिन उकालो लाग्ने क्रममा विभिन्न स्थानको तापक्रम ३९ं डिग्री सेल्सियससम्म पुगेकामा बुधबार अपरान्ह वर्षा भएसँगै जिल्लावासीलाई राहत महसुस भएको छ ।
गर्मीकै कारण विद्यालयहरुमा पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै जिल्लाका ७ वटा पालिकाहरुले दुई दिन विद्यालयमा बिदा दिने निर्णय नै गरिसकेका थिए ।
जिल्लाको भद्रपुर, बिर्तामोड, दमक र गौरादह नगर तथा कचनकवल, बाह्रदशी र कमल गाउँपालिकाले २ दिन बिद्यालय बिदा दिएको जनाइएको छ ।
गर्मी बढेसँगै जिल्लाका विभिन्न पसलहरूमा पङ्खा, एसी, कुलर लगायतका सामग्री खरिद गर्नेको भीड नै लागेको देखिन्थ्यो ।