झापामा किसान आन्दोलन चर्कियो, राँके जुलुसमा प्रहरीसँग झडप

झापा — किसानका मागप्रति सरकार गम्भीर नभएको भन्दै झापामा आन्दोलन चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत गौरादहका किसानले करिब एक महिनाअघि सुरु गरेको आन्दोलन बिहीबार राँके जुलुसमा परिणत भएको हो।

किसान संघर्ष समिति झापाको अगुवाइमा गौरादह नगरपालिकातर्फ बढेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। प्रहरीले प्रदर्शनकारीको हातबाट राँको र पुल्ठो खोसेर निभाएको र नगरपालिकाको गेटमा प्रवेश गर्न खोज्दा किसान र प्रहरीबीच धकेलाधकेल भएको थियो। झडपका क्रममा संघर्ष समितिका अध्यक्ष इन्द्रप्रसाद पोखरेलको कमिज च्यातिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

किसानहरूले प्रहरी व्यवहारप्रति आपत्ति जनाउँदै नगरपालिकाको गेटअगाडि धर्ना र कोणसभा गरेका थिए। कोणसभामा किसानहरूले १५ बुँदे मागसहितको ज्ञापनपत्र नगर प्रमुख छत्रपति सुवेदी र उपप्रमुख जलवर्षा राजवंशीलाई बुझाएका छन्।

१५ बुँदे माग सार्वजनिक

आन्दोलनरत किसानहरूले अघि सारेका मुख्य मागहरू यसप्रकार छन्:

  1. कृषि उत्पादनमा अनुदान क्षेत्र विस्तार र बजेट सुनिश्चितता
  2. सरकारले तोकेको खाद्यान्न मूल्यको ग्यारेन्टी
  3. मलखादको सहज उपलब्धता
  4. कृषिसम्बन्धी बीमा निःशुल्क गरिनु
  5. कृषि ऋण प्रणाली सरल र पहुँचयोग्य बनाइनु
  6. व्यावसायिक कृषकलाई कृषि उपकरण वितरण
  7. सिँचाइ महसुल पूर्ण रूपमा छुट
  8. सबै वडामा कृषि प्राविधिकको नियुक्ति
  9. कम्बाइन हार्भेस्टरको भाडा दरमा एकरूपता
  10. अनुदानको नाममा रकम उठाउने कार्य बन्द
  11. कृषि औजारमा भन्सार छुट र खुला बजारको व्यवस्था
  12. कृषकको क्षमता अभिवृद्धिका लागि अध्ययन भ्रमणमा बजेट विनियोजन (रु. ५ लाख)
  13. मालपोत दरमा पुनर्विचार
  14. कृषि बजार मूल्य वृद्धि नियन्त्रण
  15. वडास्तरीय कृषक समूहमार्फत बजेट तथा कार्यक्रम सञ्चालन

संघर्ष समितिका अध्यक्ष पोखरेल र प्रवक्ता खेमराज अधिकारीको नेतृत्वमा निकालिएको र्यालीमा गौरादह, कमल र गौरीगञ्जबाट करिब २०० किसान सहभागी भएका थिए।

किसानहरूले माग पुरा नभए संघर्ष अझ चर्किने चेतावनी दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *