प्रकृति लम्साल मृत्यु प्रकरणका अभियुक्त धरौटीमा रिहा, बाबुले परराष्ट्रमन्त्री राणासँग मागे गुहार

उडिसा (भारत) — भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेको घटनाका अभियुक्त भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन्।

उडिसा उच्च अदालतले मे १६ मा श्रीवास्तवलाई १ लाख भारु धरौटीमा रिहा गर्न आदेश दिएको हो। त्यसपछि उनी कानुनी प्रक्रिया पूरा गरेर छुटिसकेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

गत फागुन ४ गते केआईआईटी कलेजमा अध्ययनरत लम्साल कलेजको होस्टलमै शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि अभियुक्त श्रीवास्तवलाई ‘आत्महत्यामा दुरुत्साहन’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

यता, मृतक छात्राकी बुवा सुनील लम्सालले अदालतको निर्णयबारे ढिलो थाहा पाएको बताएका छन्।
‘अभियुक्त रिहा भएको दुई-चार दिनअघि मात्र थाहा पाएँ,’ उनले नेपालखबरसँग भने, ‘जेठ २८ गते परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर न्यायका लागि ज्ञापनपत्र बुझाएको छु। तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।’

लम्सालले छोरीको मृत्युपछि न्याय नपाइने हो कि भन्ने चिन्ता थपिएको बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *