देशभर मनसुनी वर्षा, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले गएरातिदेखि देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार देशको पश्चिम भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव पनि सक्रिय रहेको छ। यसका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा अन्य उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र अन्य उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशको तराई क्षेत्रमा रातिदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *