देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २ — आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। ती प्रदेशका एक-दुई स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।

बाँकी प्रदेशहरूमा पनि थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ। उच्च–पहाडी तथा हिमाली भू-भागमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।

हालको मौसम विश्लेषण अनुसार, कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायु सक्रिय रहेको छ। पश्चिमी भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको विभागले जनाएको छ।


वर्षा संगै पहिरो, बाढी र चट्याङको जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउन विभागले आह्वान गरेको छ। यात्रु, कृषक र तटीय तथा पहाडी क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *