त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको दिल तोड्ने हार

काठमाडौं ।
स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग रोमाञ्चक खेलको तेस्रो सुपर ओभरमा हार बेहोरेको छ।

ग्लासगोको टिटवुडमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो। जवाफमा नेपालले पनि ८ विकेटको क्षतिमा बराबरी १५२ रन बनाउँदै खेल सुपर ओभरमा पुर्‍यायो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

पहिलो सुपर ओभरमा नेपालका रोहित पौडेल र कुशल भुर्तेलले १९ रन बनाए। नेदरल्यान्ड्सका मिचेल लेभिर र म्याक्स ओ’डाउडले यो लक्ष्य भेट्टाउँदै खेल दोस्रो सुपर ओभरमा धकेलियो। दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १८ रनको लक्ष्य दिएको थियो, जुन नेपालका रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले बराबरी गरे।

तेस्रो सुपर ओभरमा भने नेपालको ब्याटिङ पूर्णतः विफल भयो। कप्तान रोहित पहिलो बलमै आउट भए भने रुपेश सिंहले ३ बलमा खाता खोल्न सकेनन्। नेपालले रन नै बनाउन नसक्दा नेदरल्यान्ड्सलाई जितका लागि मात्र एक रनको आवश्यकता थियो।
नेपालका सन्दीप लामिछानेले ओभरको पहिलो बलमै छक्का खाँदा खेल नेदरल्यान्ड्सको पक्षमा गयो।

नेपालका लागि सन्दीप लामिछानेले १८ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट झारे भने ललित राजवंशी र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

नेपालका तर्फबाट कप्तान रोहित पौडेलले ४८ रन, कुशल भुर्तेलले ३४, रुपेश सिंहले १९, किरण ठगुन्नाले १५ र नन्दन यादवले १२ रनको योगदान दिए। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *