रतुवा पुलमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापा। पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ९.३० बजे कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ आउँदै गरेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकल सो ट्रकमा ठक्कर खाई दुर्घटना भएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा मोटरसाइकल चालक कमल –५ बस्ने ३० वर्षीय सुशिल राई गम्भीर घाइते भएका थिए । उनलाई निम्स अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा बीएण्डसी अस्पताल लैजाने क्रममा दमक –६ गणतन्त्र चोकमा आफन्तले मृत्यु भइसकेको शंका लागेर पुनः निम्स अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव दमक अस्पताल दमकमा राखिएको छ भने ट्रक घटनास्थलमै रहेको छ । तत्काल फरार रहेका ट्रक चालक अर्जुनधारा –७ बस्ने ५३ वर्षीय रघुनाथ सिटौला इलाका प्रहरी कार्यालय दमकको सम्पर्कमा आई नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *