झापा। झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाई खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अवैध रूपमा ओसारपोसार गर्दै गरेका पाँचवटा ट्याक्टर नियन्त्रणमा लिइएका छन्।
शुक्रबार बिहान करिब ११:३० बजे अस्थायी प्रहरी चौकी मङ्गलबारेबाट खटिएको गस्ती टोलीले अवैध रुपमा सञ्चालनमा रहेका ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।
प्रहरीले मे १ त ५१३५, मे १ त ७३७२, मे १ त ७५४३, मे १ त ५४४६ र मे १ त २४६१ नम्बरका ट्याक्टरहरू पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका ट्याक्टरहरूलाई आवश्यक कारबाहीका लागि बुद्धशान्ति गाउँपालिका कार्यालय, बुधबारेमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।