कृष्णेखोलाको किनारमा फेला पर्‍यो १२ वर्षीय बालकको शव

कमल। झापाको कमल गाउँपालिका १ स्थित कृष्णेखोलाको किनार (बगर)मा एक बालकको शव फेला परेको छ। अन्दाजी बिहान ७:३० बजे स्थानीयले शव देखेपछि प्रहरी चौकी तोपगाछीमा खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शव सुरक्षित गर्दै आवश्यक अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि शवको पहिचान कमल गाउँपालिका–१, रतनचौनका १२ वर्षीय सुसान शेर्पाको रूपमा गरिएको छ। उनी मिङमा रेन्जे शेर्पाका छोरा हुन्।

EPIC EPIC EPIC EPIC EPIC

परिवारका अनुसार सुसान गत असार ८ गते दिउँसो ३ बजे घरबाट कोही कसैलाई जानकारी नदिई बाहिर निस्केका थिए। उनी सो दिनदेखि नै बेपत्ता थिए। आफन्त तथा छिमेकीहरूले खोजी गर्दा पनि फेला नपरेपछि उनका बुबाले असार ९ गते दिउँसो ३ बजे प्रहरीमा हुलिया निबेदन दिएका थिए।

प्रहरीका अनुसार मृतकको शरीरमा कपडा थिएन र शव खोलाले बगाएर ल्याएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको कारण खुल्न बाँकी रहेकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *