कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, असार ११ — देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव जारी छ। आज बुधवार दिउँसो र राति अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका विभिन्न भागमा हल्का देखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

त्यसैगरी, उच्च पहाडी र हिमाली क्षेत्रमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

रातिको अवस्थामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ। यी क्षेत्रमा समेत केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्‌हरूले बताएका छन्।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बाढी, पहिरो तथा सवारी आवागमनमा असर पुग्न सक्ने भएकाले सतर्क रहन मौसमविद्हरूको आग्रह छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *