श्रीमान श्रीमतीले भिरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

चितवन — चितवनको राप्ती नगरपालिका–४ मा श्रीमान–श्रीमतीले एकैपटक भिरबाट हामफालेको घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।

मंगलबार ४२ वर्षीया कुमारी प्रजा र उनका श्रीमान् लीलाबहादुर प्रजाले घरनजिकैको भिरबाट हामफालेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार घरायसी विवादका कारण कुमारीले पहिला हामफालेकी थिइन्। त्यसपछि लीलाबहादुरले पनि हामफालेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

डीएसपी खनालका अनुसार कुमारीको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते लीलाबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *