जनतासँगको सम्बन्ध टुट्नु हाम्रो गल्ती: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आएपछि पार्टीले आफ्नो आधार वर्ग र जनतासँगको सम्बन्धलाई कमजोर बनाएको भन्दै गल्ती स्वीकार गरेका छन्।

उनले पार्टी र नेतृत्वले ट्रेड युनियन जस्ता मजदुर संगठनहरूलाई बेवास्ता गर्दा जनतासँग नाता टुटेको भन्दै आत्मआलोचना गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

बिहीबार अखिल नेपाल ट्रेड युनियन महासंघको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्धकाल र २०६४ सालसम्म हामी मजदुर र श्रमिकसँगै थियौं, हाम्रो शक्ति त्यही थियो। तर, पछि हाम्रो ध्यान त्यहाँबाट हट्यो, हामीले गल्ती गर्‍यौं।’

दाहालले पार्टीले हालै सुरु गरेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान यही टुटेको सम्बन्धलाई पुनः जोड्ने प्रयास भएको बताए।

‘हामीले गरेका कमी-कमजोरी जनतामाझ गएर स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘अब हामी फेरि हाम्रो वर्ग र समुदायमा फर्किने अभियानमा छौं।’

उनले अबको लडाइँ दलाल पुँजीवाद र बिचौलियाहरूविरुद्ध भएको बताउँदै संविधान र व्यवस्था बचाउन आफूहरूले सरकारमा हुँदा पनि विद्रोह गर्नुपरेको र प्रतिपक्षमा हुँदा पनि सत्तापक्षको भूमिका खेल्नुपरेको जस्ता अनौठा परिस्थितिबाट गुज्रिनुपरेको बताए।

‘राजनीतिक प्रणाली त युद्ध र क्रान्तिबाट बदल्यौं, तर राज्य संयन्त्र, कर्मचारीतन्त्र र न्यायालय हाम्रो अनुकूल छैनन्,’ उनले भने, ‘त्यसैले हामीले ल्याएका संघीय निजामती ऐन जस्ता कानुनहरु पनि कार्यान्वयन हुन सकिरहेका छैनन्। यो लडाइँ अझै सकिएको छैन।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *