कचनकवल, असार १४ । कचनकवल गाउँपालिकामा दुई स्थानमा भएका छुट्टाछुट्टै चोरी घटनामा एकजना पक्राउ परेका छन् भने दुई जना हाल फरार छन्।
कचनकवल २ सुकुनाडिगीमा प्रकाश पाठकको घरमा शनिबार राति करिब ११ बजे चोरी भएको हो। पाठकका अनुसार स्यामसुङ मोबाइल चोरेपछि अर्को मोबाइल चोर्न खोज्दा आफूले चोरलाई खेदाएका थिए।
त्यसैगरी, कचनकवल–६ बनियानीमा शनिबार बिहान चोरीको प्रयास भइरहेको बेला स्थानीयले एकजना जनालाई समातेर प्रहरीले बुझाएका छन्। चोरी प्रयास गरिएको घर घनश्याम राजवंशी र महेन्द्र शर्मा हजामको भएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक (प्रनानी) रोहितबहादुर मगरका अनुसार पक्राउ परेका व्यक्तिको नाम मुकेश विश्वकर्मा हो, जो चन्द्रगढीका हुन्। घटनामा संलग्न प्रदीप माझी र मौसम किस्कु भने हाल फरार रहेका छन्।
प्रहरीले घटनास्थलबाट एक थान मोटरसाइकल, खुकुरी र प्रकाश पाठकको चोरिएको मोबाइल बरामद गरेको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ।